दफा ५क
कार्य विवरण
(१) नेपाल सरकारले स्वीकृत गरेको संगठनको कार्य विवरणको आधारमा सम्बन्धित सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखले प्रत्येक निजामती पदको कार्य विवरण बनाई लागू गर्नुपर्नेछ । त्यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यतासमेत स्पष्ट रूपमा किटिएको हुनुपर्नेछ ।
(२) निजामती कर्मचारीलाई कुनै पनि पदमा पदस्थापन गर्दा दिइने पत्रसँगै निजको कार्य विवरण र कार्य विवरणअनुसारको कामको मूल्याड्ढन गर्ने सूचकाड्ढसमेत उपलब्ध गराउनुपर्नेछ ।
(३)कार्य विवरणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।